Pages

करणी गर्न खोज्ने यादव पक्राउ


बीरगंज २० माघ/  पर्साको लालपर्सा गाबिसमा एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ४० बर्षीय बिरबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
लालपर्सा गाबिस–३ पशुपति नगर निवासी बिरबहादुर यादव द्वारा स्थानिय ३० बर्षीय एक महिलाको घर भित्र प्रबेश गरी जबरजस्ती करणीको प्रयास गरिएको सिमा सुरक्षा बल पर्साले दाबी गरेको छ । ती महिला चिच्याएर उद्धार मागेपछि उद्धारका लागि पुगेका स्थानियबासी र बिरबहादुरको समर्थक बिच झडप भएपश्चात लाल बहादुर यादव, संजिव यादव र श्रीलाल यादव घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटको घटनामा संलग्न महाराज यादव, श्याम बहादुर यादव लाल बहादुर यादवलाई प्रहरीले पक्राउ गरेको सिमा सुरक्षा बल पर्साले जनाएको छ ।

No comments:

Post a Comment