Pages

रजतजयन्तीको अवसरमा रक्तदान

बीरगंज १३ फागुण/  नेशनल लाईफ ईन्सयोरेन्स कर्पोरेशनले आफ्नो रजतजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बीरगंजको तेराजथ टोलस्थित आफ्नै प्राङ्गणमा आयोजित सो रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा प्रमोद कुमार साह, एरिक खड्का, रोशन श्रेष्ठ, राकेश कुमार गुप्ता, सुरेन्द्र प्रसाद कुर्मी, सुरेश महतो लगायत रहेका छन । लाईफ ईन्सयोरेन्सका शाखा प्रबन्धक रबि शंकर सर्राफको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी रजतजयन्तीको अवसरमा आज पर्सा जिल्लाको बिभिन्न गाबिसहरुमा प्रभत फेरी समेत गरीएको सर्राफले बताउनु भयो ।

No comments:

Post a Comment