Pages

मन्त्री गुप्तालाई कारवाहीको माग

बीरगंज ३ फागुण/  सूचना तथा संचारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले राष्ट्रिय अखण्डता र एकताको मर्ममाथि कुठाराघात गरेको भन्दै उनलाई कारवाहीको माग नेका पर्सा क्षेत्र नं १ ले प्रधानमन्त्रीसंग गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै यस्तो माग गरीएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति बिजय सर्राफको नेतृत्वमा गएको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मालाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । ज्ञापनपत्रमा भनिएको छ ‘देशको मन्त्रीले राष्ट्रिय एकता र अखण्डताको शपथ लिएको हुन्छ, यस्तो जिम्मेदार पदिय दायित्व वहन गरेको व्यक्तिबाट राष्ट्रिय एकताको भावनाको प्रतिकूल बिचार आउनु दुर्भाग्यपूर्ण छ’ । संपूर्ण विभेदहरुलाई समाप्त पार्दै अखण्ड, एकताबद्ध, समावेशी र सम्वृद्ध नेपा बनाउनु संपूर्ण नेपालीहरुको साझा चाहना रहेको स्मरण गराउदै ज्ञापनपत्रमा यस्तो गैरजिम्मेवार मन्त्रीलाई चेतावनी र कारवाहीको माग प्रधानमन्त्रीसंग गरिएको छ ।


No comments:

Post a Comment