बीरगंज १५ फागुण/ सशस्त्र भूमिगत संगठनको नाममा लामो समयदेखि तराईका बिभिन्न शहरका व्यापारी तथा सर्वसाधारणलाई फोनबाट धम्की दिई रकम असूल्दै आएको नेपाल खाद्य संस्थानका एकजना कर्मचारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा हरिहरपुर घर भई हाल वीरगंजस्थित नेपाल खाद्य संस्थानमा जुनियर कम्पयुटर अपरेटर पदमा कार्यरत २८ बर्षिय सुनिल कुमार कुशवाहा रहेका छन् । हिजो साँझ वीरगंजबाट पक्राउ परेका कुश्वाहालाई आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र केसीले लामो समय देखि पर्सा, मोरंग र रुपन्देही प्रहरीको खोजीको सूचीमा रहेका कुश्वाहालाई अन्तत: वीरगंजमा पक्राउ गर्न सफल भएको बताउनु भयो । उहाँले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चामा आबद्ध रहेको तथा शक्ति सिंह र अजय यादव उपनाम भएको भन्दै फोन गर्ने गरेका थिए । कुश्वाहाले ९८४५४९४४९७ नम्बरको मोवाईल फोनको प्रयोग गर्दै काठमाण्डौ, जनकपुर, रुपन्देही र बिराटनगरका सर्वसाधारण र ब्यापारीहरुलाई फोनबाट धम्की दिने गरेको र आइएमई मार्फत आफ्नो खातामा पैसा हाल्न लगाउने गरेका थिए । पक्राउ परेका कुश्वाहाको साथबाट ४ थान मोवाईल, नेपाल टेलिकम र एन सेलको सिमकार्ड, नेपाली तथा भारतीय परिचय पत्र, बीरगंजको बिभिन्न क्याम्पसको परिचय पत्र र ३ हजार नगद रुपैया बरामद गरेको छ ।

No comments:
Post a Comment