बीरगंज २ फागुण/ विभिन्न मितिमा बरामद गरिएको अबैध लागु औषध गाजा, चरेस, खैरो हिरोइन, नुफिर्न, फेनारगन, लुप्रिजेसिक, नाईट्रोभेट ट्यावलेट, डाइजिपाम आज नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै परिसरमा विभिन्न सरोकारवाला निकायको प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा आगो लगाई नष्ट गरेको हो । नष्ट गरिएको लागु औषध सय किलो गाँजा, एक किलो ३ सय ग्राम चरेश, ३ सय १२ ग्राम खैरो हिरोईन, १ सय ३३ ग्राम नुर्फिन, चरेस, ४ सय ६३ ग्राम डाइजिपाम, २ सय २८ थान फेनारगन, ३ सय २९ थान लुप्रिजेसिक, १ सय ४५ थान नाईट्रोभेट ट्यावलेटलाई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रबिन्द्र केशीले बताउनु भयो ।

No comments:
Post a Comment