वीरगंज ६ फागुण/ नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले मुलुकको आर्थिक विकासका लागि कुनै ‘शुभ मुहुर्त’ कुर्नु नपर्ने बताउनु भएको छ ।
बीरगंज उद्योग वाणिज्य संघको ३६ औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गर्भनर खतिवडाले यस्तो बताएका हुन् । खतिवडाले मुलुकको अर्थतन्त्र हाल ‘कोल्याप्स’ भई हाल्ने अवस्थामा नरहेको दाबी गर्दै परनिर्भरतालाई आत्मनिर्भरतामा बिकास गर्न जोड दिनु भयो । दुई तिन बर्षमै आर्थिक क्रान्ति गर्न कृषि तथा पशुजन्य व्यवसायमा बढि जोड दिनु पर्ने सुझाव दिदैं गर्भनर खतिवडाले मुलुकको औद्योगिक संरचनामा परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले शान्ति प्रकृया र संबिधान निर्माण जस्ता कामको प्रतिक्षा नगर्न आग्रह गर्नु भयो । राष्ट्र बैंकले चालु आवको पहिलो ६ महिनामा ७५ अर्ब रुपैया बैंकिंग प्रणाली भित्र ल्याउन सफल भएको खतिवडाले दाबी गर्नु भयो । मुलुकमा भारतीय रुपैया अभाव नरहेको दाबी गर्दै गर्भनर खतिवडाले भारतीय रुपैयाको अपचलन हुनबाट रोक्न मात्र केही कडाई गरीएको जिकिर समेत गर्नु भयो । प्रधानमन्त्रीको कार्यालयका सचिव पुरुषोत्तम ओझाले कृषि र विद्युतमा लगानी प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले कर प्रणालीलाई विद्युतिय संचार माध्यमबाट प्रयोग गर्ने निति सरकारले लिएको समेत बताउनु भयो । नेपाल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रदीपजंग पाण्डेले लगानी र वृहद आर्थिक विकास प्रवद्र्धनका लागि राष्ट्र बैंकले जारी गरेको परिपत्र सराहनिय रहेको बताउनु भयो । वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत आशुतोष अग्रवालले भारतले नेपालको विकासका लागि नेपालमा सात हजार करोड रुपैया बिभिन्न आयोजना संचालन गरी रहेको बताउनु भयो । इन्टरमोडलका कार्यकारी निर्देशक शरदविक्रम राणा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठ, पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, बाराका प्रहरी उपरीक्षक दानसिंह बोहरा, सभासद करीमा बेगम, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुलाल अग्रवाल, ओमप्रकाश सिकरिया लगायतकाले मन्तब्य दिनु भएको थियो । वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक बैधले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने महासचिव सुबोध गुप्ताले कार्यक्रम संचालन गर्नु भएको थियो ।

No comments:
Post a Comment