वीरगंज, १९ माघ/ जिल्ला प्रहरी कार्यालय पर्साले एक पत्रकार सम्मेलन गरी प्रतिविन्धित लागू औषधी नष्ट, पाँच जुवाडे पक्राउ, अवैध मदिरा पोखी नष्ट, लागू औषधीको कोराबारी गिरफतार गरेको जानकारी गराएको छ ।
विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय र मातहत समेतबाट प्रतिवादी सहित बरामद गरी मुद्दा चलेको लागू औषधि गाँजा १ सय ९८ किलो, चरेश ३० किलो, हिरोइन ३५ ग्राम, नुर्फिन ५ सय पीस, डाइजीपाम ६ सय ४० पीस, फेनरागन १ सय ४० पीस, लुपिोसिक १ सय २० पीस प्रतिबन्धित लागु औषध जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला अदालतको प्रतिनिध र संचारकर्मी लगायतको रोहबरमा जिल्ला प्रहरी कार्यालय पर्साकै हातामा विहीबार दिउँसो जलाएर नष्ट गरिएको छ । विभिन्न मितिमा बरामद गरिएको प्रतिवादी फरार रहि मुद्दा चलेको लागु औषध गाँजा १४ सय ९० किलो र चरेस ३६ किलो ९ सय ग्राम समेत नष्ट गरिएको छ । अबैध मदिरा (घरेलु रक्सिी) ५ सय ४० लिटर पोखी नष्ट गरिएको छ । माघ १७ गते वीरगंज उप महानगरपालिका वडा नं. १९ स्थित प्रहरी चौकी इनर्वाले मकवानपुर छतिवन घर भएका रोशन लामालाई २ एम.एल.को डाइजीपाम ७५ पीस र लुपिजेसिक ७५ सहित गिरफ्तार गरि थुनामा राखेको छ । माघ १७ गते वीरगंज १३ मा अवैध रुपमा जुवा खेलिरहेका वीरगंज उप महानगरपालिका १३ का उमाशंकर सावा, विष्णु कुमार लखौटिया, रवि अग्रवाल, अजय कुमार गुप्ता र राजस्थान भारतका राजेन्द्र प्रसादलाई तास र नगद रु १ लाख ४५ हजार ६ सय ७५ रुपैया सहित पक्राउ थुनामा राखेर जुवा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment