Pages

लेखा व्यवसायीहरुको तीन दिने तालीम

बीरगंज १५ फागुण/  नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) को आयोजना र नेपाल अडिटर्स एशोसिएशन (अडान) को संयोजनमा सञ्चालित लेखा व्यवसायीहरुको तीन दिने अनवरत शिक्षा तालीम आज वीरगंजमा सम्पन्न भएको छ ।
तालीमको समापनमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अडानका केन्द्रीय उपाध्यक्ष एवम् आईक्यानका काउन्सिल सदस्य कृष्ण पौडेलले आर्थिक सुशासन, पारदर्शिता र लेखाव्यवसायीहरुको क्षमता अभिवृद्धिमा आईक्यान र अडान प्रतिवद्ध रहेको बताए । तालीममा पर्सा, बारा र रौतहटका चार्टर्ड एकाउण्टेण्ट र दर्तावाला लेखापरीक्षकहरु गरी ७५ जनाको सहभागिता थियो ।

No comments:

Post a Comment