Pages

सुनौलो बचतको प्रथम साधारण सभा













बीरगंज १० फागुण/  सुनौलो बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको माईस्थानमा रहेको जिल्ला बाल कल्याण समितीको सभाकक्षमा आयोजित सो सभालाई डिभिजन सहकारी कार्यालयका निमित प्रमुख दुर्गा प्रसाद जैसवालले उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै जैसवालले सहकारी संस्थाहरु संख्यात्मक रुपमा बढी खुलेपनि हाल २ सय २५ वटा सहकारी संस्थाहरु नियमित रुपमा संचालनमा रहेको बताउनु भयो । सहकारी सबैको बीचको साझा समप्ती रहेको भन्दै ०६८ माघ मसान्त सम्म कुल ५ सय १२ वटा सहकारी दर्ता भएको बताउनु भयो । निमित सहकारी प्रमुख जैसवालले ५ सय १२ सहकारी मधे ४४ वटा महिला सहकारी रहेको बताउनु भयो । संस्थाका सदस्य कृष्ण प्रसाद साह सोनारले आर्थिक बर्ष ०६७/०६८ को कार्यपत्र प्रंस्तुत गर्नु भएको हो । कार्यपत्र प्रस्तुत गर्दै सदसय सोनारले संस्थाले आर्थिक बर्ष ०६७/०६८ मा कुल ४७ लाख ७२ हजार ३६ रुपैया लगानी गरेको बताउनु भयो । उहाँले गरेको लगानी मध्ये १८ लाख २० हजार ४ रुपैया असुल गरिएको प्रष्ट पार्नु भयो । सदस्य सोनारले संस्थाले आर्थिक वर्षमा २ लाख ३ हजार २ सय १० रुपैया मुनाफा गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा नेपाल बार एशोसिएसन पर्साका सचिव कमल मोहन पोखरेल, नागरिक समाज पर्साका अगुवा पन्नालाल गुप्ता, ठाकुराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जनक महतो लगायतले संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष बसन्त कुमार गुप्ताले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

No comments:

Post a Comment