Pages

छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा शैलेश राणाले स्वर्णपदक जिते

बीरगंज १५ फागुण/  वीरगंजमा जारी छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी प्रतियोगितामा आज भएको पुरुष दुई सय मिटर इन्डिभिजुअल मेडलीमा शैलेश राणाले स्वर्णपदक जितेका छन् ।
उनले दुई मिनेट ४२ : ६३ सेकेन्डमा उक्त दुरी पुरा गरे । शिरिश गुरुङ्गले रजत र प्रकाश अधिकारीले काश्य पदक जिते । महिला दुई सय मिटर इन्डिभिजुअल मेडलीमा शैला राणाले तीन मिनेट ०६ : ६३ सेकेन्ड लिएर स्वर्ण पदक जितिन् । श्रेया धितालले रजत र ओशिना भारतीले काश्य पदक जितिन् । पुरुष तर्फको दुई सय मिटर फ्री स्टाइल स्पर्धामा शिरिष गुरुङ्गले दुई मिनेट १९: ५६ सेकेन्डमा स्वर्ण पदक जिते । शैलेश रजत र मिराज प्रजापतिले काश्य पदक जिते । महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा एक मिनेट ४२ : १५ सेकेन्डमा शैला राणाले स्वर्ण जितिन् । श्रेयाले रजत र सोनिरा बिष्टले काश्य पदक जितिन् । पुरुष एक सय मिटर ब्ेरष्टस्ट्रोकमा बनिनशहं शाह श्रेष्ठले स्वर्ण जिते । उनले एक मिनेट १९ : ८६ सेकेन्डको समय निकाले शैलेश राणाले रजत र सुमन महर्जनले काश्य पदक जिते । महिला एक सय मिटर ब्रेष्टस्ट्रोकमा श्रेयाले एक मिनेट २७ : ५६ सेकेन्ड लगाएर स्वर्ण जितिन् । शैलाले रजत र जित्वेली महर्जनले काश्य पदक जितिन् । पुरुष एक सय मिटरमा शैलेश राणाले एक मिनेट १७ : ३८ सेकेन्डका साथ स्वर्ण जिते । शिरिशाले रजत र प्रकाश अधिकारीले काश्य पदक जिते । महिला एक सय मिटर फ्रिस्टाइलमा श्रेयाले एक मिनेट १५ : ७५ सेकेन्ड लगाएर स्वर्ण पदक जितिन भने शैलाले रजत र ओशिना भारतीले काश्य पदक जिते । पुरुष एक सय मिटर फ्रिस्टाइलमा शिरिश गुरुङ्गले एक मिनेट ०३ : ८७ सेकेन्डमा स्वर्ण जिते । शैलेशले रजत र प्रवेश अधिकारीले काश्य पदक जिते ।

No comments:

Post a Comment