बीरगंज १९ माघ/ प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रेस काउन्सिलले स्थानीय पत्र पत्रिकाको उत्थानमा सुधारात्मक दृष्टिकोण राखेको बताउनु भएको छ ।
वीरगंजबाट प्रकाशित स्थानीय राष्ट्रिय दैनिकको सातौ बार्षिकोत्सवको उद्घाटन गर्दै शर्माले वीरगंजको पत्रकारिताको चित्तबुझ्दो अवस्था किन हुन सक्ने, काठमाडौं केन्द्रित हुनाले यस्तो अवस्था आएको बताउनु भयो । वहाँले आफ्नो इतिहास विर्सन हुँदैन हामी नेपाली पहाडिया र मधेशिया भनेर विभाजित गर्यो भने नेपाल र नेपालीको अस्थित्व नरहने बताउनु भयो । प्रेस काउन्सिल नेपालका सदस्य माधव प्रसाद शर्माले सञ्चार नबुझेको राम्रो बुझ्नेले सही ढँगले बुझ्नु पर्दछ बताउनु भयो । सञ्चारलाई हलुका रुपमा लिनु हुँदैन मेची महाकाली मिडिया सोसाइटीको राष्ट्रिय अधिवेशन निकट भविष्यमा नै वीरगंजमा हुने घोषणा समेत गर्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्य चन्द्र किशोर झाले राष्ट्रिय दैनिकको टिमस्प्रिट फलदायी ढँगले अगाडी बढोस भन्नु हुँदै पत्रिकामा देशभक्ति र राष्ट्रियताको भावना कमजोर हुँदै गइरहेको छ भन्नु भएको थियो । नेपाल राष्ट्र बैंकका मुख्य व्यवस्थापक उपेन्द्र पौडेलले देशको चौथो अँग पत्रकारिताको महत्वलाई सबैले बुझ्न जरुरी छ भन्नु भयो । नेपाल पत्रकार महासंघ पर्साका भावी सभापति केसी लामिछानेले वीरगंजनका अधिकांश दैनिक र साप्ताहिक पत्रिका वर्गिकरणमा परेका छैनन् । वीरगंजबाट प्रकाशित पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालले दायरा बाहिर राख्न खोजेको बताउनु भयो । समाज सेवी पशुपति विक्रम शाहले राष्ट्रिय दैनिकको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनुहुँदै सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका खेलोस भन्नु भयो । होटल एसोसिएसनका मोहन प्रधानले जन्मिएको पत्रिकालाई निरन्तरता दिनु ठुलो कुरा रहेको बताउनु भयो । राष्ट्रिय दैनिकका प्रधान सम्पादक सुदर्शनराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत भाषण पत्रिकाका प्रकाशक/सम्पादक महेशचन्द्र गौतमले गर्नु भएको थियो भने लक्ष्मी खेलले उद्घोषण गरेकी थिइन । कार्यक्रममा पत्रिकामा योगदान पुर्याए बापत प्रणय कुमार, चन्दन रौनियार, हरिशंकर शर्मा, उत्तम खड्गी, नन्द किशोर गोयल, अरुण बिक्रम शाह, सजल श्रेष्ठ, फडिन्द्र अधिकारी, रमाशंकर पणित, दिलराज बैध, बिक्की मुखिया, सत्यनारायण यादव, बालमुकुन्द खरेल र हिरा मुखिया लगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।

No comments:
Post a Comment