बीरगंज ८ फागुण/ आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान शिवजीको पुजा गर्नका लागि नजिकको मठ मन्दिरमा बिहानै देखी भक्तजनहरुको घुईचो लागेको छ ।
हिन्दु धर्मावलम्बीहरुले आज विहानैबाट नदी, कुण्ड र तालतलाउमा स्नान गरी विभिन्न शिबमन्दिर, शिवलिंग एवं शिवालयमा गई श्रद्धाभक्ति पूर्वक पुजा आराधना गरी शिवरात्री मनाइरहेका छन् । संहारकर्ता भगवान शिवजी उत्पति हुनभएको रातको नामबाट नामकरण भएको शिवरात्रीलाई कालरात्री, मोहरात्री र सुखरात्री पनि भन्ने गरिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पुर्ण दिनदुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिन रुपमा पनि लिइन्छ । ब्रतहरुमध्ये सर्वोतम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरु शुद्ध भई भगवान शिवको मन्दिरमा गई पुजाआजा गरि ब्रत बस्ने र भगवान शिवको प्रियवस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्दछन । आजको दिन भग्वान शिवलाई एकदम जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ त्यसै आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । त्यस्तै भगवान शिवजीको दर्शन गर्न र शिवरात्रीको मेला भर्न आज पशुपतिनाथ मन्दिरमा देशभर तथा छिमेकी राष्ट्र भारतबाट आएका तिर्थयात्रीको घुईचो लागेको छ । राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा रहेकाले यो दिन आज पशुपतिनाथमा रात चार प्रहरमा चार प्रकारका पुजाका अतिरिक्त महादिप, अखण्डदिप, लक्ष्यबति तथा दिपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किरातेश्वर संगित आश्रममा शास्त्रीय नाचगान गरिन्छ । त्यस्तै पशुपतिनाथको मेला भर्न आउने भक्तजनहरुको सुविधाका लागि गतबर्ष देखी उचित व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आज गौशाला, बतिसपुतली, चावहिल लगायतका क्षेत्रमा यातायातका साधन चल्न दिइएको छैन । त्यस्तै मेलामा हुनसक्ने आपराधीक क्रियाकलाप रोक्न ठुलो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बीरगंजमा पनि शिवरात्री पर्व धुमधामका साथ मनाइएको छ । बीरगंजको अलखिया मठमा शिवरात्री पर्व मनाउन आराध्यदेव भगवान महादेवको पुजा गर्न बिहानैदेखी भक्तजनको भिड लागेको छ । मन्दिर भित्र खटिएका सुरक्षाकर्मीलाई भिडलाई नियन्त्रण गर्न हम्य हम्य भएको थियो । त्यस्तै कलैयास्थित सिद्धेश्वरमा पनि भक्तजनको घुइचो छ ।
No comments:
Post a Comment