Pages

जनचेतना मुलक र्‍याली

बीरगंज २१ माघ/  सबै मिलेर गरेर सम्भव छ भन्ने नाराका साथ २९ औ बिश्व क्यान्सर दिवसको अवसरमा आज बीरगंजमा पनि जनचेतना मुलक र्‍याली निकालीएको छ ।
नेपाल अुर्बद रोग निवारण संस्था पर्साको आयोजनामा बीरगंजको घण्टाघरबाट निकालीएको जनचेतना मुलक र्‍याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा राप्रपाका केन्द्रिय सदस्य शम्भु चौरसिया, समाज सेबी उषा शाह, लक्ष्मी शाक्य, गजेन्द्र देव ठकु, नरेश राज गिरी लगायतले शहरमा मात्र सिमीत नराखि गाँउ गाँउमा पनि उक्त रोगका बारे जनचेतना फैलाउन जरुरी रहेको बताउनु भएको थियो । संस्थाका अध्यक्ष गंगा बहादुर थापाको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment