Pages

बार एसोसिएसन द्वारा बिरोध प्रदर्शन

बीरगंज १२ फागुण/ शान्ति प्रक्रिया पुरा गरी लोकतान्त्रिक संविधान निर्माण गर्न दबाद दिने उद्देश्यले नेपाल बार एसोसिएसनले आज बीरगंजमा दवाव र्‍यालीको आयोजना गरेका छन ।
बीरगंजको घण्टाघर चोकबाट निकालीएको र्‍याली नगरका बिभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासनमा पुगी समापन भएको थियो । कानुन ब्यवसायीहरु जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोईरालाई ज्ञापन पत्र बुझाएका हुन । संबिधान निर्माणमा भईरहेको ढिलाई प्रति ब्यङ्ग गर्दै कानुन ब्यवसायीहरु उल्टो नारा लेखिएको ब्यानर तथा प्ले कार्ड बोकेका थिए । ‘तलव भत्ता खाउ, संविधान नबनाउ’, ‘बैठक बसाउ निष्कर्ष ननिकाल’, ‘निर्वाचन किन चाहियो ?, संविधानसभाको म्याद थप्न पाइयो’ जस्ता नाराहरु लेखेका ब्यानर तथा प्लेका सहित बिरोध गरिएको थियो ।

No comments:

Post a Comment