बीरगंज २० माघ/ बारा सदरमुकाम कलैया नगरपालिकाको पुर्व मेयर युगल किशोर पाठकको आज बिहान निधन भएको छ ।
६९ बर्षको उमेरमा पाठकको बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आईसियु कक्षमा उपचारको क्रममा बिहान सवा १ बजेको समयमा उहाँको निधन भएको हो । पक्षघात रोगका कारण बिगत एक महिना देखी कोमामा रहनु भएका पाठकको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो । यसैबीच उहाँको पार्थीव शरिरलाई नेपाली कांग्रेसका जिल्ला अध्यक्ष राधेचन्द्र प्रसाद यादव, पुर्व मन्त्री रिसिकेश गौतम, तरुणदल बाराका अध्यक्ष लुकेश सिंह, पुर्व अध्यक्ष मनोज भट्ट लगायत नेता कार्यकर्ताहरुले नेपाली कांग्रेसको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । पाठकको पार्थीव शरिरलाई आजै बाराको कलैया नजिक रहेको पसाहा खोलाको किनारमा दाहसंस्कार गरिएको छ । त्यस्तै कलैया नगरपालिका र उधोग वाणिज्य संघ बाराले पाठकको शोकमा आज एकदिनका लागि आफनो सम्पुर्ण काम काज ठप्प पारेको छ ।

No comments:
Post a Comment