बीरगंज ७ फागुण/ ६२ औं प्रजातन्त्र दिवस, त्रिभुवन जयन्ती तथा पूर्व बडामहारानी कोमलको ६० औ जन्मदिनको अवसरमा राज संस्था समर्थक बिभिन्न संघसंस्थाले आइतबार बीरगंजमा र्याली निकालेका
छन् ।
राष्ट्रिय सरोकार मंच नेपाल, नेपाल राष्ट्रवाद संघ, राप्रपा नेपाल, राष्ट्रवादी शान्ति समुह, बिद्वत परिसद, राजभक्त राष्ट्रवादी समुहले संयुक्त रुपमा र्याली निकालेका हुन् । सहभागीहरुले राज संस्था अमर रहोस, २०४७ सालको संबिधान लागु गर, नेपाल सरकार मुर्दावाद, छ सय एक चाँहिदैन, राजारानी जिन्दावाद, प्रहरी आतङक चाँहिदैन, त्रिभुवन अमर रहुन जस्ता नारा लेखिएको प्ले कार्डहरु बोकेका थिए । घण्टाघरबाट निकालीएको र्याली माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुदै पुन: घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र चतुर्वेदी, नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष जनकलाल शाह, राष्ट्रिय सरोकार मंच नेपालका अंचल संयोजक नन्दकिशोर गोयल, बिद्वत परिसदका नरेशराज गिरी, राष्ट्रवादी शान्ति समुहका कार्यवाहक अध्यक्ष अन्नु राणा, राजभक्त राष्ट्रवादी समुहका अध्यक्ष दिना यादवले प्रजातन्त्रको उपभोग सबैले गर्न पाउनु पर्ने कुरामा जोड दिएका थिए । उनीहरुले आफ्नो र्यालीमा प्रहरीले हस्तक्षेप गरि ब्यानर खोसेकोमा बिरोध समेत जनाएका थिए ।

No comments:
Post a Comment