Pages

ठोरीका बासिन्दाहरु द्वारा आपत्ति

बीरगंज १२ फागुण/  राज्यपुर्नसंरचना आयोगले पेश गरेको दुई वटै रायमा ठोरीलाई मिथिला भोजपुरा राज्यमा समावेश गर्न लागिएको भन्दै ठोरीबासीले आपत्ति जनाएका     छन् ।
आज ठोरीमा सम्पन्न सर्वदलिय सर्वपक्षिय बैठकमा यस्तो आपत्ति जनाउदै ठोरी,निर्मलबस्ती र सुवर्णपुर गाबिसलाई नारायणी राज्यमा समावेश गर्न माग गरिएको छ । प्रस्तावित मिथिला भोजपुरा राज्यको राजधानी जनकपुर आफूहरुलाई अपायक पर्ने, भौगोलिक बनावट, भाषिक र सांस्कृतिक हिसाबले पनि ठोरीलाई उक्त राज्यमा गाभ्न अनुपयुक्त हुने भएकाले प्रस्तावित नारायणी राज्यमा समावेश गर्न सर्वदलिय बैठकले माग गरेको हो ।

No comments:

Post a Comment