बीरगंज ८ फागुण/ बीरगंज चिनी मिलस्थित सीमा सुरक्षा कार्यालय पर्साले विभिन्न नाकाबाट बरामद गरेको अवैध कुखुराको चल्लालाई आज नष्ट गरेको छ ।
सशस्त्र प्रहरी विओपी भिखमपुर पर्साको टोलीले सीमावर्ती शहर भारतको इनर्वाबाट अवैध रुपमा लुकाई छिपाई नेपालको जानकीटोला भित्रियाउने क्रममा करिव ७ सय कुखुराको चल्लालाई आफनो नियन्त्रणमा लिएको हो । कुखुरा तस्करले प्रहरी टोलीलाई देखेपछि कुखुराको चल्ला छाडेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक कृष्णभक्त ब्रहमचार्यले बताएका छन् । नियन्त्रणमा लिएको कुखुराको चल्लालाई आज पशु क्वारेन्र्टाईन कार्यालयका प्रतिनिधी र संचारकर्मीहरुको रोहबरमा सीमा सुरक्षा कार्यालय पर्साको प्रागंणमा आगो लगाई नष्ट गरिएको हो । यतिवेला नेपालको पूर्वी क्षेत्रमा वर्ड फलु फेला परेपछि सीसुका पर्साले सीमावर्ती नाकामा विशेष निगरानी बढाएको छ । सीसुका पर्साले अपराधिक गतिविधी र चोरी पैठारी नियन्त्रण गर्न यतिवेला ७ ओटा विओपी कार्यालय र ८ ओटा वेशक्याम्पमा गरी करिव ६ सय ७० जना सशस्त्र प्रहरी परिचालन गरेको सशस्त्र प्रहरी उपरिक्षक ब्रहमचार्यले जानकारी गराएका छन् । साभार : बीसि

No comments:
Post a Comment