बीरगंज १२ फागुण/ पर्सा जिल्लाको लाहोरथकरी गाबिसका जनताले गाउ र गाउलेको सुरक्षाको लागि सशस्त्रको बेस क्याम्प राख्नु पर्ने माग गर्दै आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
लाहोरथकरीका बासीन्दाहरुले आफनो सुरक्षाको माग गर्दै आज श्री ब्रहम्स्थान नेपाल राष्ट्रिय प्राथमिक विधालय लाहोरथकरीको प्रागंणमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी गाउलेहरुले सुरक्षाकर्मी नभएको कारण यस गाउमा अहिले सम्म तीन जनाको हत्या भइसकेको, हत्या भएका नजिव मियाँ, बहादुर अंसारी र हरुणी साह तेली रहेका छन् । सुरक्षा पोष्ट नभएको कारण भारतीय अपराधीहरुले दिउसै गाउमा आएर अन्नपात मात्र नभई मान्छेलाई नै अपहरण गरी लैजाने गरेकोमा चिन्ता ब्यक्त गर्दै यथासिघ्र एउटा सुरक्षा पोष्ट स्थापनाको लागि सीमा सुरक्षा कार्यालय पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कृष्णभक्त बम्हृाचार्य संग अनुरोध गरेका थिए । आज सम्ममा करिब तीन जनाको हत्या र एक दर्जन भन्दा बढी पटक डकैती भइसकेकोले गाउलेहरु निकै आतङकित देखिन्थे । गाउका बुद्धिजिवि, भलादमी, महिला, किसान र राजनीतिक पार्टीका प्रतिनिधिहरु समेतले गाउको सुरक्षा संकटमा रहेको बताउनु भयो । उनीहरुले अहिले पर्सा जिल्लामा शान्तिसुरक्षाको अवस्था राम्रो भएको भनेर नथाक्नेहरु अहिले लाहोरथकरीमा आएर राती विताउन चुनौती समेत दिदै थिए । स्थानीय गाउलेहरु पर्सा जिल्ला भनेको सुविधा सम्पन्न शहर र गाविस मात्रै होइन लाहोरथकरी पनि पर्सा जिल्ला भित्रै पर्दछ भने । यहा अहिले पनि कुनबेला कसले के लुटेर लैजाने हो र कसको अपहरण हुने हो कसैलाई थाहा छैन । हामी पर्सा प्रहरीले दिने सुरक्षाको भरमा नभई भगवान भरोसामा आफनो जीवनको ब्यतित गरिरहेको गुनासो गरेका थिए ।

No comments:
Post a Comment