Pages

राजनितीक पार्टीको कार्यालयमा धर्ना


बीरगंज २७ माघ/  नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रीक शैक्षिक मञ्च पर्साको संयुक्त आहवानमा शिक्षकहरुले आज नेकपा एमाले पर्साको पार्टी कार्यालयमा धर्ना दिएका छन ।
नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पंडित र गणतान्त्रीक शैक्षिक मञ्च पर्साका अध्यक्ष बिन्दा चौधरीको नेतृत्वमा शिक्षकहरुले एमाले पर्साको पार्टी कार्यालयमा धर्ना दिएका हुन । जिल्ला स्तरीय १२ बुंदे र केन्द्रिय ३५ बुंदे माग पुरा गर्नका लागि सरकारलाई दवाव दिने उद्देश्यले दुबै संगठनले हिजो देखी आन्दोलनको कार्यक्रममा परिवर्तन गर्दै राजनितीक दलको कार्यालय घेराउ गर्न थालेका हुन । हिजो पहिलो दिन नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा शिक्षकहरुले धर्ना दिएका थिए । बिहान १० बजे देखी शुरु भएको धर्ना अपरान्ह ४ बजे सम्म जारी रहेको शिक्षक युनियनले जनाएको छ ।

No comments:

Post a Comment