बीरगंज २१ माघ/ प्रहरी पनि समाजकै अंग भएकाले समाजमा शान्ति सुरक्षा स्थापना गर्न नागरीक समाज र प्रहरीले हातेमालो गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैंया वीरगंजले आज आयोजना गरेको सामाजिक सुधारमा सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवाको भूमिका बिषयक सामूहिक छलफल कार्यक्रममा सहभागीहरुले बिगतमा प्रहरी जनतालाई दु:ख दिने संगठन मात्र हो भन्ने मान्यता रहेकोमा केही बर्ष यता प्रहरीले आफूलाई समाजिक बनाएर उक्त मान्यतामा परिवर्तन ल्याएकाले अब समाजमा रहेका विकृति, विसंगति निर्मूल गर्न प्रहरी र जनताको सहकार्यको विकल्प नरहेको बताएका छन । संस्थाका बरिष्ठ सल्लाहकार जगदीश प्रसाद अग्रवालले राज्यको ६० प्रतिशतले आवागमन हुने भएको हुनाले बढी दुर्घटना हुने गरेको र दुर्घटना पछि गम्भीर घाईते भएका बिरामीहरुलाई छिमेकी अस्पताल लैजाने भएको हुनाले बाटोमा बढी जाम भएका कारण अनावश्यक रुपमा ज्यान गुमाउनु पर्ने हुनाले यसलाई निर्मुल गर्नका लागी हाईवे एम्बुलेन्सको ब्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । साथै उहाँले बीरगंजको नारायणी उपक्षेत्रीय अस्पताललाई एउटा मोडेल अस्पतालको रुपमा परिवर्तन गर्न सम्पुर्ण नगरवासिले सम्बन्धीत निकायमा पहल गर्ने बताउनु भयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि अधिकारीले समाजमा अमन चयन शान्ति सुरक्षा कायम भएमात्र अन्य बिकाशको काम हुन सक्ने बताउनु भएको छ । उहाँले पहिलो प्राथमिकताका साथ अगाडी बढाएर समाजमा देखीएको बिकृती बिसंती हटाउन समाजको सहयोग हुन आवश्यकता रहेको बताउदै समाजका मुख्य बिकृतीको रुपमा रहेका बालबिवाह, दाईजो प्रथालाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारीले लैङ्गगीक हिंसा र अनमेल बिवाह दाईजो प्रथा लगायतका कारण हत्या हिंसा बढ्दै गएका कारण यसलाई निर्मुल पार्न जरुरी रहेको बताउनु भयो । केन्द्रका अध्यक्ष मनोज अर्यालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पर्साका प्रहरी नायव उपरीक्षक रबिन्द्र केशी, बरख गणका गणपति धनबहादुर थापा, भारतीय महावाणिज्य दुतावासका कन्सुलर पिडि देशपाण्डे, बिनय कुमार सिंह, डा.बिके झा, डा.राम अवतार खेतान लगायतको उपस्थिती रहेको थियो । साथै सोही कार्यक्रममा समाज बिकाश गर्नका लागि रामचन्द्र चतुर्वेदीले १ हजार १ रुपैयाँ, महेशचन्द्र गौतमले १५ हजार १ रुपैयाँ र समसुल होदा समानीले १ हजार १ रुपैयाँ दिने घोषणा गर्नु भएको थियो ।

No comments:
Post a Comment