Pages

खुदरा व्यापारी द्वारा बिरोध प्रदर्शन


वीरगंज १८ माघ/   वीरगज उमनपाको कार्यालयले व्यवसाय कर वृद्धि गरेपछि वीरगंजका खुदरा व्यापारीहरु संघर्षमा ओर्लिएका छन् ।
उनीहरुले बुधबार आधा दिन सम्म वीरगंज बजार बन्द गर्नुका साथै उमनपाको कार्यालय घेराउ समेत गरेका छन् । ब्यापारीहरुले बिहान १० बजे उमनपाको कार्यालयमा डेलिगेशन लिएर जाने र दिउसो १ बजे सम्म सबैले आ–आफ्नो पसल बन्द गर्ने कार्यक्रम थियो । बिहान करीब १० बजे घण्टाघरस्थित होटल क्राउन प्लाजा अगाडी केही खुदरा व्यापारी भेला भएकोमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक सुजन जोशीले त्यहाबाट व्यापारी अशोक शर्मा सहित सात खुदरा व्यापारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि आक्रोशित व्यापारीहरले प्रहरी बिरुद्ध प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालयको मूल गेटमा व्यापारीहरुको ठूलो समूहले करीब एक घण्टा धर्ना दिएपछि अन्तत प्रहरीले नियन्त्रणमा लिएको सातै व्यापारीलाई रिहा गरेको थियो । त्यसपछि उक्त जुलुश वीरगंज उमनपाको कार्यालयमा आई उमनपाको कार्यालय घेराउ गरेको थियो । खुदरा व्यापारीले उमनपाको कार्यालयमा ११ सूत्रिय माग सहितको ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाएर फर्केपछि व्यापारीहरुले दिउसो करीब डेढ बजेबाट बजार खोलेका छन् । व्यापारीहरुको मागहरुमा व्यवसाय कर घटाएर पाच सय रुपैया निर्धारण गर्नु पर्ने, यो कर आर्थिक बर्ष २०६९ बाट मात्र लागु हुनु पर्ने, सवारी पार्किंग कर खारेज हुनु पर्ने लगायतको रहेको छ ।

No comments:

Post a Comment