Pages

सिंहदरवारअघि बम विस्फोट, तीनको मृत्यु, सरकारद्वारा छानबीन समिति गठन

बीरगंज १५ फागुण/  भर्खरै प्राप्त समाचार अनुसार काठमाण्डौको अति सुरक्षित स्थान मानिने सिंहदरवार नजिकै आयल निगम भवन अगाडी सोमबार अपरान्ह करिव एक बजेर १० मिनेटमा शक्तिशाली बम बिष्फोट भएको हो ।
बिष्फोटबाट दुई जनाको घटनास्थलमै र एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घाइते ७ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ जसमध्ये दुई जनाको अबस्था गम्भीर छ । बिष्फोटबाट घटनास्थलमै मृत्यु हुनेमा धादिङ वैरेनीका ३४ बषिर्य कृष्णबहादुर तामाङ रहेका छन् । उनको साथमा रहेको नागरिकताबाट सो पहिचान खुलेको प्रहरीले जनाएको छ । अर्की एक बृद्धाको पहिचान खुल्न सकेको छैन् । उनी आयल निगम आसपास मागेर जीवनयापन गर्ने गरेको बताइएको छ । वीर अस्पताल प्रशासनले दिएको जानकारी अनुसार करिव ३५ बषिर्य सोम तामाङ र करिव ४० बषिर्य बिष्णुप्रसाद तुलाराको अबस्था गम्भीर रहेको छ । तुलारा आयल निगमको धनगढी कार्यालयमा कार्यरत कर्मचारी हुन् । यस्तै सुचना तथा संचार मन्त्रायलका करिव ४५ बर्षका कर्मचारी रघुनाथ खड्का पनि घाइते भएका छन् । अन्य घाइतेहरुमा ६५ बषिर्य लालबहादुर तामाङ, ४० बषिर्य मानवहादुर कुवँर, २१ बषिर्य मीनबहादुर कुवँर र २० बषिर्य भक्तपुर निवासी वासु श्रेष्ठ रहेका छन् । पहिचान नखुलेका अन्दाजी ६० बर्षका एक बृद्धको उपचारका क्रममा वीर अस्पतालमै ज्यान गएको छ । बिष्फोटपछि केही घण्टा मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरवार र त्यस आसपासको क्षेत्र तनावग्रस्त वन्यो । घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गरेपछि साँझसम्म घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन् । गृहमन्त्री बिजयकुमार गच्छदार घटनास्थल पुगी निरिक्षण गर्नुका साथै वीर अस्पताल पुगेर घाइतेलाई समेत भेटेका थिए । जातीय मोर्चाले लियो जिम्मा  बिष्फोट लगत्तै बिभिन्न संचारमाध्यममा फोन गरेर जातीय मुक्ति मोर्चाका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिष्फोटको जिम्मा लिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको बिरोधमा बिष्फोट गराइएको दावी गर्दै उनले टाइम बम बिष्फोट गराइएको र आफुहरुले अनुमान गरेभन्दा चाँडै बिष्फोट भएको बताए । उनले आगामी दिनमा अझ शक्तिशाली बिष्फोट हुने चेतावनी दिंदै जनतालाई ठग्ने सरकारी कार्यालय र भ्रष्टाचार हुने कार्यालय नजिक नबस्न आम जनतालाई आग्रह गरे । सरकारद्वारा छानबीन समिति गठन  सरकारले बबरमहल बिष्फोटबारे अनुसन्धान र छानबीन गर्न समिति गठन गरेको छ । डीआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा गठन भएको समितिमा एसएसपी देवेन्द्र सुवेदी, एसएसपी केदारमानसिंह भण्डारी र एसपी सुबोध घिमिरे हुनुहुन्छ । गृहमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकले छानबीन समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषीलाई छिटै पक्राउ गरी कार्वाही गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारिने पनि सरकारले जनाएको छ । घटनामा मृत्यु भएकाका परिवारलाई छानबीन समितिले तोके अनुसार क्षतिपूर्ति दिने र घाइतेको सरकारबाट उपचार गराइने गृहमन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख
छ । सौजन्य : अनलाईन

No comments:

Post a Comment