Pages

श्री गणेशको तेश्रो बार्षिक साधारणसभा

बीरगंज २१ माघ/  श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको होटल मकालुमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष सुनिल कुमार खेतानले आर्थिक बर्ष ०६७/०६८ को कार्यपत्र प्रंस्तुत गर्नु भएको हो । कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष खेतानले आर्थिक बर्ष २०६७/०६८ मा संस्थाले १ करोड ८६ लाख १९ हजार ३ सय ४० रुपैया ३१ पैसा निक्षेप संकलन गरेको बताउनु भयो । त्यस्तै संस्थाको २ करोड ६५ लाख ९८ हजार २ सय ४७ रुपैया १ पैसा कर्जा रहेको र ३७ लाख ५१ हजार २ सय ७६ रुपैया २२ पैसा आमदानी भएको संस्थाका अध्यक्ष खेतानले बताउनु भयो । साथै अध्यक्ष खेतानले आर्थिक बर्ष २०६७/०६८ मा गत बर्षको तुल्नामा यसबर्ष २६.७४ प्रतिशतले आमदनी बृद्धी भएको जानकारी दिदै शेष धनीलाई सय प्रतिशत शेयर लाभांस दिने घोषण समेत गर्नु भयो । कार्यक्रममा सभासद आत्माराम साह, डिभीजन सहकारी कार्यालयका निमित सहकारी प्रमुख दुर्गा प्रसाद जयसवाल, संस्थाका उपाध्यक्ष सत्यनारायण मितल, कोषाध्यक्ष दिपक कुमार, टिवडेवाल, सचिव निरज अग्रवाल, निवर्तमान अध्यक्ष अशोक कुमार टेमानी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थामा राम्रो काम गर्ने तथा अतिथीहरुलाई मायाँको चिन्हो समेत प्रदान गरिएको थियो ।

No comments:

Post a Comment