Pages

ब्रहमकुमारीले महाशिवरात्री मनाउन














वीरगंज ५ फागुण/  ब्रहमकुमारी राजयोग सेवा केन्द्र विश्व भवन पर्साले ७६ औ महाशिवरात्री पर्व धुमधामका साथ मनाउने भएको छ ।
छपकैया स्थित विश्व भवनमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी संयोजक रविना दीदीले ७६ औ महाशिवरात्री पर्व धुमधामका साथ मनाउने बताएकी छिन । महाशिवरात्री पर्वको अवसरमा केन्द्र छपकैयाले ७ गते वीरगजमा बृहत शान्ति यात्राको आयोजना गर्ने भएको छ । विर्ता स्थित ओम शान्ति भवनबाट पन्च कन्या, झाकी, बैण्डबाजाका साथ निकालिने शान्ति यात्रा ३ नम्बर रोड हुदै ंिलंकरोड, भानुचौक, बाईपास, भिस्वाचौक, मुरली वगैचा हुदै नेशनल ट्रेनिङ्ग, मेनरोड घण्टाघर, माईस्थान, आर्दशनगर हुदै छपकैयास्थित विश्वदर्शन भवनमा पुगि समापन हुने र दिउसो २ बजे आयोजित परमात्मा शिवको् अवतरण विषयक प्रवचन कार्यक्रमको आयोजना गरिने संचालिका रविना दिदीले बताउनु भयो । पत्रकार सम्मेलनमा उहाले फागुन ८ गतेका दिन सम्पूर्ण मठमन्दिर तथा शिवालयहरुमा धरतीमा भगान आईसक्नु भएको सन्देश चित्र प्रर्दशनी तथा पर्चाको माध्यमबाट दिईने विशेष कार्यक्रम समेत रहेको बताउनु भयो । उहाले कलयुगी अज्ञानता रुपी रात्रीमा यस तमोप्रधान पतित पुरानो संसारलाई सतोप्रधान पावन सृष्टि पुनस्र्थापना गर्न अवतरण हुने परमपिता शिवको दिव्य कर्तव्यको स्मृतिमा शिवरात्रि पर्व मनाउने गरिन्छ बताउनु भयो । उहाँले विश्वमा जब अन्याय, अत्यचार, भ्रष्टचार आफनो सिमा पार गर्दछ भने तब परमपिनता शिवको अवतरण हुन्छ र आसुरी संसारको संहार गरी देवी सृष्टि स्वर्गको स्थापना गर्नुहुन्छ बताउनु भयो । उहाले वर्तमान समयमा कोही पनि शुख शान्तिको अनुभुती पाउन नसेकेको बताउर्द विश्वमा नै शान्तिको ल्याउन परिर्वतनको आवश्यकता औल्याउदै आफूबाट परिर्वतनको शुरुवात गर्नुपर्ने धारणा समेत राख्नु भयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारी, बरिष्ठ पत्रकार जगदीश शर्मा, दिपेन्द्र चौहान, सितल महतो लगायतले आ–आफनो मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment