बीरगंज २ फागुण/ स्वर्गिय पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको गोतामे पत्रकारिता पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको छ ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगंजले होटल सम्झनामा आयोजना गरेको समारोहमा स्वर्गिय गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित गोतामे पत्रकारिता पुरस्कार–२०६८ मकवानपुरका पत्रकार विष्टलाई कदर–पत्र र नगद रु. १० हजारको चेक हस्तान्तण गरी सम्मानित गरिएको छ । समारोहका प्रमुख अतिथी स्वर्गिय गौतमका श्रीमती सुधा गौतमले पत्रकार विष्टलाई कदर–पत्र र नगद रकमको चेक हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष जगदिश प्रसाद शर्माको सभापतीत्वमा आयोजित समारोहमा स्वर्गिय गौतमका भाई ईश्वरचन्द्र गौतम, दाई ध्रव गौतम र छिमेकी मणिराम शर्माले उनले पत्रकारितामा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । समारोहमा भारतीय महावाणिज्य दुतावास वीरगंजका महावाणिज्यदुत आशुतोष अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका सभापति अशोक तिवारी, सशस्त्र प्रहरी उपरिक्षक कृष्णभक्त ब्रहमचार्य, जिल्ला शिक्षा अधिकारी प्रमोद साह लगायत विभिन्न उद्योगी व्यावासयी, राजनितिक दलका प्रतिनिधी, गैर सरकारी संस्थाका प्रतिनिधी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । समारोहमा सहभागी अतिथीहरुलाई प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ पर्साका सल्लाहकार केसी लामिछानेले कार्यक्रम संचालन गर्नुभएको थियो ।
No comments:
Post a Comment