Pages

शिक्षकहरुको स्वार्थले बिद्यार्थीहरुको बिजोक

बीरगंज १३ फागुण/ बिद्यार्थीहरुको बार्षीक परिक्षा नजिकीदै जाँदा शिक्षा पेशा संग आवद्ध भएका संगठन र युनियनहरुको बन्दको प्रभावका कारण बिद्यार्थीहरुको स्वतन्त्र र शान्ति पुर्वक शिक्षा हासिल गर्ने अधिकारबाट बन्चित भएका छन ।
बर्ष भरिको अध्यनको मुल्याङ्गकन गरिने शैक्षिक संस्था बन्द जस्ता क्रियाकलापबाट लाखौ बिद्यार्थीहरु प्रभाबित भएका छन । बीरगंज बिर्तास्थित कन्या माध्यमिक बिद्यालयले बिद्यार्थीहरुको भबिष्यलाई ख्याल गर्दै आईतबार गरिने बन्दलाई मध्यनजर गर्दै आज शनिबार पनि पठन पाठन संचालन गरेको छ । यसरी शनिबार पनि बिद्यालय संचालन गरेर बिद्यार्थीहरुमा शिक्षा दिएता पनि शनिबारका दिन बिद्यार्थीहरु बिदा मनाउन नपाएका कारण बिद्यालयले नाटक गरेको शनिबार बिद्यालयमा उपस्थित बिद्यार्थीहरुले दु:ख पोखेका छन् । यसप्रकारको बिदाको दिन स्कुल संचालन कार्यबाट बालबालीकाहरुको आराम, मनोरन्जन तथा सरसफाई गर्ने अधिकारबाट समेत बन्चित भएको देखिन्छ । कुनै पनि हक अधिकार माग गर्दा सम्बन्धीत सरोकारवालाहरु जसरी माओवादीको १२ बर्षको सशस्त्र आन्दोलन अन्त्यमा सहमतीमा गएर मिल्यो त्यसरीनै सम्बन्धीत सरोकारवालाहरु संग बसेर छलफल गरेमा कलिला बालबालीकाहरु काँपी, किताब र कलम बोकेर बिद्यालय जान पाउँथे । शिक्षक संगठनहरुले अधिकारको नाममा बिद्यार्थीहरुको भबिष्य माथि खेलवाड गरेको देख्दा जो गाँउको मुखिया उही बाटो हगुवा भन्ने उखान संग मिल्न जान्छ । राज्यले सम्बन्धीत शिक्षकहरुको माग प्रति बेवास्ता गरेको प्रभावले बिद्यार्थीहरुमा समेत बन्दको प्रभाव परेको छ । आफ्ना उचित माग राख्ने बन्द, हडताल तरीका छोडेर एकता सहमती र छफलफमा जानसकेमा न कसैको अधिकार हन्न हुन्छ र बालबालीकाको भबिष्य प्रति खेल्वाड नै हुन्छ । .

No comments:

Post a Comment