Pages

सशस्त्र प्रहरी द्वारा आगलागी नियन्त्रण

बीरगंज १५ फागुण/  गएराती पर्साको तुल्सीअर्वा गाविस वडा नम्बर ९ स्थित तीनवटा घरमा आगलागी भएको छ ।
स्थानिय बासिन्दा बर्षादी गट्टी, भिखारी गट्टी र फर्जन मियाँ धोवीको घरमा परालको भुसको आगो ताप्ने क्रममा हावाले आगो उडाएका कारण अचानक आगलागी भएको थियो । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्सा अन्तरगतको बोडर आउट रेन्ज पोष्ट भिस्वावाट सशस्त्र प्रहरी निरीक्षक हरि कुमार पराजुलीको नेतृत्वमा कमाण्डमा खटिएको टोलीले स्थानिय बासिन्दाहरुको सहयोगमा करिब ९ बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरको छाना भएको २ वटा फुसको घर र एउटा पक्की घर जली अन्दाजी २० लाख रुपैया बराबरको धानमालको क्षती भएको सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहमाचार्यले बताउनु भयो ।

No comments:

Post a Comment