Pages

विवादले उधोग बन्द गर्न नमिलने

वीरगंज ९ फागुण/  श्रम तथा यातायात मन्त्री सरिता गिरीले श्रम र मजदुरको विवादले कुनैपनि उद्योगलाई बन्द गर्न नमिल्ने बताएकी छिन् ।
उनले आफ्नो मन्त्रालय अन्तर्गतका जिल्ला अधिकृतहरुले यसका लागि सक्रिय बनाइएको समेत बताइन् । मंगलबार वीरगंजमा भएको साक्षात्कारमा गिरीले यस्तो बताएकी हुन् । आफ्नो कार्यकालमा श्रम विवादले बन्द भएका उद्योगहरुलाई आफूले अविलम्ब पहल गरेर खुलाएको उनले दाबी गरीन् । हालको अवस्थामा जिल्लाका श्रम अधिकृतहरुले सकृय रुपमा मध्यस्थता गरी विवाद समाधान गरी रहेको उनले बताइन् । मजदुरको समस्या समाधानकालागि वार्ता र सहमतिलाई प्राथमिक्तामा राखिउको उनले बताइन् । कुनैपनि हालतमा उद्योग बन्द नगर्ने प्रति आफू सकारात्मक रहेको बताइन् । अर्को प्रसंगमा मन्त्री गिरीले नेपालमा हाल सबैले मिलेर विकासको राजनीतिलाई  प्राथमिकता दिनु पर्ने उनको धारणा थियो । गत साता भारतको बिहारको पटनामा प्रधानमन्त्रीसंगै भ्रमण टोलीमा सामेल भएर फर्केकी मन्त्री गिरीले बिहार जस्तै नेपालको पनि सामाजिक, आर्थिक रुपान्तरण गर्न सकिने बताइन् । उनले नितिश कुमारको नेतृत्व जस्तै नेपालमा पनि नेतृत्व पंक्ति विकास र परिवर्तनका लागि अग्रसर भए परिवर्तन सम्भव हुने बताइन् । अपहरणको आरोपमा थुनामा रहेका पूर्व मन्त्री श्यामसुन्दर गुप्ताको राजनीतिमा उदय भएदेखिनै त्यस्तै चरित्र रहेको आरोप लगाएकी छिन् । उनले भनिन् ‘पार्टीमा हुदापनि उनले नेताहरुको अपहरण गर्थे, आनन्दी देवी, अनिल झा लगायतका नेताहरु उनको शिकार भई सकेका छन्, म स्वयम्पनि उनको अराजकताको कतिपटक शिकार भएकी छु’ ।

No comments:

Post a Comment