Pages

टि ट्वान्टी क्रिकेट प्रंतियोगिता सम्पन्न
















बीरगंज १९ माघ/  दोश्रो सहिद तेज बहादुर अमात्य इन्डो नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको पुरुष तर्फको उपाधि सिमरा ११ र महिला तर्फको उपाधि इन्डियन उमन्सले जितेका छन् ।
पहिलो फाइनलमा सिमरा ११ ले वीरगंज ११ लाई दुई रनले पराजित गरेको हो । टस जिति पहिले व्याटिंग गदै सिमरा ११ ले पुरै ओवर खेलेर आठ विकेटको क्षतीमा एक सय १७ रन बनायो । जवाफमा खेल्दा वीरगंज ११ ले पुरै ओवर खेलेर नौं विकेटको क्षतिमा केवल एक सय १५ रन जुटाउन सक्यो । महिला तर्फ इन्डियन उमन्सले नेप्लिज उमन्सलाई नौं विकेटले पराजित गरेको हो । नेप्लिज उमन्सले टस जिति पहिले व्याटिंग गर्दै पुरै १५ ओवर खेलेर दुई विकेटको क्षतीमा एक सय १० रन बनायो । जजवाफमा खेल्दा इन्डियन उमन्सले १४ ओवर चार बलमा एक विकेटको क्षतीमा बिजयी लक्ष्य भेट्टाएको थियो । समापन समारोहमा मुख्य अतिथि सहिद तेजबहादुर अमात्यका छोरा तथा नेपाली काग्रेसका पूर्व जिल्ला सभापति राजेन्द्रबहादुर अमात्य लगायतकाले बिजेता तथा उपबिजेता क्लवका खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए ।

No comments:

Post a Comment