बीरगंज २० माघ/ सरकारबाट खाना पकाउने ग्यासको सहज रुपमा आपुर्तिमा वास्ता नगरिएको कारण उपभोक्ताहरु ग्यास सिलिण्डर बोकेको गाडीबाट नै नियन्त्रणमा लिने प्रबृती बीरगंजमा पनि शुरु भएको छ ।
आज बिहान बीरगंजको पानीटंकीस्थित गढीमाई एफएम चोकमा पिकप गाडीबाट मनोज ग्यासको ५० सिलिण्डर रहेको गाडी घेराउ गरि उपभोक्ताहरु सिलिण्डर कब्जामा लिन प्रयास गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताबाट तत्काल ठुलो संख्यामा पुगेका प्रहरी टोलीले स्थीति नियन्त्रणमा लिएको थियो । उपभोक्ताहरु सिलिण्डर कब्जामा लिन थालेपछि ग्यास बिक्रेताहरु सुरक्षाका लागि प्रशासन संग गुहार गरेका छन । खाना पकाउने ग्यास सिलिण्डरको बिक्रेताहरु पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईराला संग भेट गरि सुरक्षाको प्रत्याभुति दिलाउन र ग्यास सिलिण्डर लुकाइएको आशंकामा प्रहरी द्वारा घर घरमा छापामारी गरिने प्रबृती रोक्न माग गरेका छन । प्रतिकृयामा प्रमुख जिल्ला अधिकारी कोईरालाले सिलिण्डर ढुवानी र बितरण गर्ने समयमा सुरक्षाकर्मी खटाई सुरक्षा ब्यवस्था गर्ने आसवासन दिनु भएको छ । साथै उहाँले पारदर्शी रुपमा सिलिण्डर बितरण गर्न बिक्रेताहरुलाई निर्देशन दिनु भएको छ । सन्नी ट्रेड कन्सर्नका संचालक सन्नी गुप्ताको नेतृत्वमा रहेको ग्यास बिक्रेताहरु बीरुगंजमा मासिक रुपमा ९० हजार ग्यास सिलिण्डर जरुरी रहेको खण्डमा मात्र ३२ हजार सिलिण्डर उपलब्ध भएका कारण बिक्री बितरणमा समस्या देखिएको गुनासो गरेका थिए ।
No comments:
Post a Comment