Pages

सिद्धार्थ बैंकको शाखा कार्यालय उदघाटन














बीरगंज ६ फागुण/   नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले बितिय ब्यवस्थापनलाई ब्यवस्थीत पार्न सुसानको खाँचो रहेको बताउनु भएको छ ।
सिद्धार्थ बैंकको बीरगंज शाखा कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै खतिवडाले राजनितीक संरक्षणमा हुने बितिय अपराध हाल निरश्त भएको बताउनु भयो । दिर्घकालीन बिकाश परियोजनाहरुमा बैंकहरुले ऋण लगानीको ब्याज सहुलीयत गरेपछि आर्थिक बिकाश बढने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले २०५५ देखी ०६६ सम्मको समयमा नेपालमा बढि बैंकहरु खुलेको बताउदै बैंकहरु सेवामा प्रतिस्पर्धी नभएर फाइदामा बढी प्रतिस्पर्धी भएको टिप्पणी गर्नु भयो । बैंकहरुलाई उर्जा, कुषि, पशुपालन लगायतको क्षेत्रमा ऋण लगानी बढाउन आग्रह गर्दै बितिय क्षेत्रको बिकाशका लागि बैंकहरुको संख्यात्मक रुपमा बिकाश भएपनि गुणत्मक रुपमा चाहिने जती हुन नसकेको बताउनु भयो । उहाँले बीरगंजमा बैंकहरुको संख्या अत्याधीक रहेकोले उच्च स्तरिय सेवाबाट ग्राहकलाई सन्तुष्ट गरि पहुच बढाउन सकिने बताउनु भयो । बैंक संचालन समितीका अध्यक्ष चिरन्जीविलाल अग्रवाले बैंकले अझ बढी प्रभावकारी ढंगबाट ग्राहकलाई सुबिधा प्रदान गर्ने बताए । चालु आर्थिक बर्षको दोश्रो त्रेमासिक सम्मा बैंकले सम्भाब्य कर्जा नोक्सानी ब्यवस्था अगाडी रु २५ करोड ७७ लाखको संचालन मुनाफा आर्जन गरेको जनाएको छ । त्यसैगरी यसैअवधी सम्मा बैंकले कुल २३ अर्व २१ करोड निक्षेप र कर्जा तर्फ १९ अर्व ११ करोड लगानी गरेको जनाएको छ ।

No comments:

Post a Comment