बीरगंज १३ फागुण/ हिजो साँझ बीरगंज कारागारमा भएको झडपमा परी घाइते भएका तीनजना कैदीबन्दीहरुलाई थप उपचारका लागि आज राजधानीस्थित केन्द्रीय कारागारमा रेफर गरीएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र केसीले आज बिहान करीब साढे चार बजे नारायणी उपक्षेत्रिय अस्पतालबाट प्रकाश शाही र अनिल गुरुङ्गलाई राजधानी तर्फ लगिएको हो । दिउसो ३ बजे अर्का सख्त घाइते कैदी अक्षेलाल चौधरीको आखा र शरिरका अन्य भागमा चोटपटक लागेको कारण थप उपचारका लागि राजधानी तर्फ लगिएको बताउनु भयो । अर्का चारजना घाइते कैदीहरु गोपाल अधिकारी, चन्देश्वर पासवान, सोम पाख्रीन र जयकिशोर साहको बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको अस्पताल प्रहरी बिटका प्रहरी सहायक निरीक्षक प्रदीप चौधरीले बताउनु भयो । हिजो राति घाइते भई उपचारका लागि अस्पतालमा ल्याइएका अन्य दुई कैदीलाई उपचार पछि राती नै कारागारमा फिर्ता पठाइएको थियो । हिजो तनावग्रस्त रहेको वीरगंज कारागारको अवस्था आज सामान्य रहेको कारगार प्रशासनले दाबी गरेको छ । कारागारका नाइकेहरु अशेसर पटेल र शेष फिरोजको कार्यशैलीबाट असन्तुष्ट रहेका अन्य कैदी बन्दीले उनीहरुको जेल सरुवाको माग गरी कारागारमै संघर्ष थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । हिजो दिउँसो देखि राति ८ बजे सम्म वीरगंज कारागारमा दुई पक्षका कैदीबन्दी बिच झडप भएपश्चात तनावग्रस्त भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली कारागार भित्र पस्न खोज्दा कैदीहरुले प्रहरीलाई रोक्न कारागारको फलामे ढोकामा ताल्चा लगाई करेन्ट प्रवाह गर्नुका साथै प्रहरी उपर ढुंगामुढा समेत गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन करीब २४ सेल अश्रु ग्यास र हवाई फायर समेत गरेको थियो । कारागारमा पुन: तनाव बढ्न नदिन आन्दोलनका नाईके दुई कैदीबन्दी टेन्सन भनिने डेनी लामा र अर्का एकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमै बिशेष सुरक्षा र सतर्कताका साथ राखिएको प्रहरी उपरीक्षक रमेश खरेलले बताउनु भयो । कारागारका जेलर रुपनारायण चौरसियाले विवाद गरेका कोही कैदीबन्दीलाई अन्य कारागारमा सरुवाको निर्णय भइ नसकेको बताउनु भयो । उहाँले ‘जिल्ला सुरक्षा समितिको बैठकले त्यस सम्बन्धमा निर्णय गरेपछि प्रमुख जिल्ला अधिकारीको सिफारिशमा बिभागमा जानकारी गराउने र त्यसपछि बिभागले स्विकृती दिने प्रकृया रहेकाले आइतबार मात्र त्यस्तो हुने संभावना छ’ जेलर चौरसियाले भन्नुभयो ।

No comments:
Post a Comment