Pages

छठ पर्वको लागि उपसमिति गठन

बीरगंज २९ असोज/  हिन्दुहरुको महान चाड छठ पर्वलाई प्रत्यके बर्ष झै यस बर्षपनि भब्यताका साथ सम्पन्न गर्नका लागि छठ पुजा ब्यवस्थापन समिति घडिअर्वाको आज बसेको बैठकले बिभिन्न उप समिति गठन गरेको छ ।
छठ पुजा ब्यवस्थापन समिती घडिअर्वाका अध्यक्ष प्रमोद साह कानुको अध्यक्षतामा बसेको बैठकले सरसफाई उपसमितिका संयोजकमा शम्भु साह कानु, सुरक्षामा सुशिल सिंह, प्रचार प्रसारमा क्रान्ति साह र प्रणय कुमार, पुरस्कार बितरणमा मनोज साह कानु, दिलीप साह र बिश्वामित्र प्रसाद कलवार रहेका छन भने आर्थिक संकलनमा रामनगिना साह कानु र मोतीलाल साह रहेका छठ पुजा ब्यवस्थापन समितीका सचिव लखनलाल गुप्ताले बताउनु भएको छ ।

No comments:

Post a Comment