बीरगंज ५ कार्तिक/ वडा प्रहरी कार्यालय श्रीपुरले स्थानिय जनता र प्रहरी बीचको अन्तरक्रिया आज सम्पन्न गरेको छ ।
दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको सो अन्तरक्रियामा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक प्रकाश बिष्टले पटका र जुवातासलाई रोकथाम गर्न सबैलाई आ आफनो ठाउबाट रोक्न आग्रह गर्नु भएको छ । वडा प्रहरी कार्यालयमै आयोजना गरिएको अन्तरक्रियामा बोल्दै प्रहरी निरीक्षक बिष्टले पटाकाको आडमा अपराधीक घटना हुन सक्ने तथा आगलगीको साथै धनजनको क्षति हुन सक्ने बताएका छन । कार्यक्रममा स्थानिय बासिन्दा, प्रहरी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment