Pages

प्रहरीको उदन्डताका कारण पर्सावासी पिडित

वीरगंज ११ कार्तिक/ प्रहरीको बढदो उदन्डताका कारण पर्सा वासी दिनप्रति दिन पिडित बन्दै गईरहेका छन ।
पर्सामा प्रहरी उपरिक्षक रमेश खरेलको आगमन पश्चात शान्ति सुरक्षामा आन्शिक सुधार भएतापनि यस संगै सुरक्षा कडाईको नाममा प्रहरीको उदण्डताको शिकार पर्सा वासी बनेका छन । कहि सवारी आवगमनलाई व्यवस्थित गर्ने, कतै सवारी साधनहरुको अनुमती पत्र चेकजाच गर्ने क्रममा त कतै दैनिक गस्ती गर्ने क्रममा एउटा सानो विषयलाई लिएर प्रहरीको दमन बढदै गएको छ । यस्तै दमन तथा उडण्ताको शिकार वीरगंज १९ का स्थानिय वासी भएका छन । गएराती वीरगंज उपमहानगरपालिका वडा नम्बर १९ नगवा निवासी मदन महतो सानो पानीको विवादमा प्रहरीबाट नै निर्घात कुटिएका छन । महतोले गएराती घरको पानी बाहिर फाल्ने क्रममा गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय नगवाका एक प्रहरी जवानको बुटमा पानी परेको विषयलाई लिएर प्रहरीले महतोलाई निर्घात कुटपिट गरी घाईते बनाएको छ । एउटा मोटरसाईकलमा तीन जना प्रहरीहरु सवार भई गस्तीमा गएको बेला प्रहरी जवान चन्द्रकिशोर साहको खुटामा पानी पर्ने वितिकै मोटरसाईकलबाट उर्लिएर गाली गलौज गरी महतोलाई कुटपिट गरेका थिए । सानो पानीको विषयमा आफूलाई किन कुटपीट गरेको भनी सोध्न खोज्दा उल्टै ति प्रहरी हवल्दार सहित अरु दुईजना प्रहरी जवानहरुले समेत बन्दुकको कुडाले मुख र शरिरमा कुटपिट गरी थप गम्भिर घाईते बनाएको पिडित महतोले बताएका छन । घाईते महतोलाई रातीनै उपचारको लागि वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएको थियो । यसैविच घाईते र स्थानियवासीहरुको एक समूहले आज घटनाको बारेमा छानविन गरी दोषी प्रहरीहरुलाई कारवाहीको माग गर्दे जिल्ला प्रहरी कार्यालय पर्सामा डेलिकेशन बुझाएका छन । तर डेलिकेशन लिएर गएका स्थानियवासी र घाईते महतोलाई प्रहरी नायब उपरिक्षक रविन्द्र केसीले पहिले उपचार गराउनु र त्यस पश्चात छानविन गरी दोषी देखिए प्रहरी जवानहरुलाई कारवाही गरिने आश्वासन दिएका छन । यस आश्वासनले प्रहरीको उदण्डता अझै बढदै जाने क्रममलाई निरन्तरता दिन्छ की उदण्डतामा केही कमि आउछ त्यो चाही हेर्न बाँकी छ ।

No comments:

Post a Comment