बीरगंज २ कार्तिक/ विद्युत चोरी गरीरहेको अवस्थामा आज पर्साको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।
विद्युत चुहावट नियन्त्रण समिती, ससस्त्र तथा नेपाल प्रहरीको संयुक्त टोलिले आज विहान पर्साको गम्हरीया, उदयपुर घुर्मी र सौराहा लगायतका विभिन्न स्थानबाट विद्युत चोरी गर्दै गरेको अवस्थामा ६ जनालाई पक्रन सफल भएको हो । पकं्राउ पर्नेमा पर्साको गम्हरीया गाविस १ निवासी सेलरमिल संचालक अभिशेक महतो, ओम प्रकाश साह, सौराहा गाविस १ का चलित्र साह, सेलर मिल संचालक श्यामलाल साह र उदयपुरघुर्मी गाविसको रामपुर गाउबाट राजेश्वर महतो र जोधालाल महतोलाई पक्राउ गरेको हो । उनिहरुले विगत लामो समयदेखि विद्युतको मुख्य तारबाट हुकिङ्घ गरी विद्युत चोरी गरेको प्राप्त सुचनाको आधारमा निरिक्षण गर्दा उनिहरु पक्राउ परेको विद्युत प्राधिकरण पर्साले जनाएको छ । विद्युत चोरी अभियोगमा पक्राउ परेका सेलर व्यापारीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी नायब उपरिक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । विद्युत चुहावट नियन्त्रण राष्ट्रिय अभियान अन्तरगत जिल्लामा भई रहेको विद्युत चुहावट रोक्नका लागी जिल्लाको गाउगाउ सम्म अनुगमन कार्य भई रहेको विद्युत प्राधिकरणका प्राविधिक रामानन्द साहले बताउनु भयो ।

No comments:
Post a Comment