बीरगंज १२ कार्तिक/ वीरगंज उपमहानगरपालिका वडा नम्बर १४ रानीघाट पुल नजिकै रुखमा झुन्डीएको एक पुरुषको शव फेला परेको छ ।
आज विहान स्थानियवासीहरुले रुखमा झुन्डीएको शवलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए । भारत विहारको भलुई घर भएको हाल रानीघाटमा डेरा गरी बस्दै आएका ३५ वर्षिय रामेश्वर प्रसाद वनियाको शव पहिचान भएको प्रहरीले जनाएको छ । गएराती आफना श्रीमती कृष्णाठी देवीसंग समान्य कुरामा विवाद गरी दुवैजना घरबाट बाहिरीकोमा आज विहान वनियाको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको अस्थाई प्रहरी शिवपार्वती मन्दिर पोष्ट घडिअर्वाका ईन्चार्ज मेरोलाल प्रसाद गुप्ताले बताउनु भयो । रातीदेखी नै मृतक वनियाको श्रीमती कृष्णाठी देवी फरार रहेको र घटनाको प्रवृती देख्दा हत्या गरी झुन्डियाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ । हाल मृतकका शवलाई पोष्ट मार्टमका लागि वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको अस्थाई प्रहरी शिवपार्वती मन्दिर पोष्ट घडिअर्वाका ईन्चार्ज मेरोलाल प्रसाद गुप्ताले बताउनुु भयो ।

No comments:
Post a Comment