बीरगंज ५ कार्तिक/ नेपाल वार एशोशिएसनका केन्द्रीय अध्यक्ष प्रेम बहादुर खडकाले महान्यायधिवक्ता मुक्ति प्रधानले मुद्धा नचलाउनु भनेर दिएको निर्देशनलाई उहाको पूर्ण बदमाशी हो भनेर बताएका छन् ।
नेपाल बार एशोशिएन पर्साले बीरगंजमा आयोजना गरेको फौजदारी मुद्धाको अनुसन्धान अभियोजनामा जवाफदेहीतको सवाल बिषयक कार्यशाला गोष्ठीमा यस्तो बताएका हुन । अध्यक्ष खडकाले अहिले हामी बीरगंजको यस कार्यशाला गोष्ठीमा जम्मा हुनुको खास उद्धेश्य पनि महान्यायधिवक्तालाई खवरदारी गर्न हो भनेर बताए । उहाले यदि अनुसन्धान कमजोर भएको भए तत्कालै प्रहरीलाई थप अनुसन्धानको लागि प्रहरीलाई निर्देशन दिनु पर्थियो । अनुसन्धान गरेर प्रहरीले आफनो राय पेश गरिसकेपछि अब मुद्धा चलाउन मिल्दैन भन्नु एकदमै गलत हो भनेर खडकाले बताए । हिन्दु युवा संघका तत्कालिन केन्द्रीय अध्यक्ष स्वर्गिय काशी तिवारीको हत्याको अभियोगमा पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अभियोग पत्र दर्ता गराउन खोज्दा जिल्ला सरकारी वकिल कार्यालय पर्साका सहायक जिल्ला न्यायधिवक्ता सत्यनाारयण राय यादबले पेश गरिएको मिसिलमा मन्त्री प्रभु साहमाथि लगाइएको कसुर प्रमाणित गर्ने प्रमाण नभएको भन्दै मन्त्री साह लगायत चार जनाको अभियोगपत्र दर्ता गरेनन् । सोही बिषयमा आफनो असन्तुष्टि पोख्दै महान्यायधिवक्ता जस्तो गरिमामय पदमा बसेको ब्यक्तिले आस्थाको आधारमा फैसला गर्नु र न्यायलाई प्रभावित हुने किसिमले दवाब दिनु ठिक होइन खडकाले बताए । बार एशोशिएसनको प्रमुख उद्धेश्य मुलुकमा विधिको शासन स्थापना गर्नु हो । मुलुकबाट सधैंको लागि दण्डहिनताको अन्त्य होस भन्ने सोच लिएर बार एशोशिएसन सधैं प्रयत्नशिल रहेको अध्यक्ष खडकाले बताए । कार्यक्रमका विशेष अतिथी पूर्व महान्यायधिवक्ता बद्रीबहादुर कार्की, बरिष्ठ अधिवक्ता देबेन्द्र सिह, अधिवक्ता हरिकृष्ण काफले, गोबिन्द बन्दी, शुशिल प्याखुरेल, पन्नालाल गुप्ता, नेपाली कांग्ेरसका जिल्ला सभापति सुरेन्द्र च्रौधरी र पत्रकार चन्द्रकिशोर झाले अनुसन्धान र कारवाही भिडलाई हेरेर गर्नु पर्ने बाध्यता रहेको छ । त्यसैले जबसम्म एउटा कानुन ब्यवसायीले निर्भिक र निष्पक्ष भएर अनुसन्धान र फैसला गर्न सक्दैन तबसम्म यो समाजबाट दण्डहिनताको अन्त्य हुन नसक्नेमा जोड दिएका छन् । बार एशोशिएसन जिल्ला अध्यक्ष विनय सिंहको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीमा स्वागत मन्तब्य अधिवक्ता रामेश्वर सेढाईले दिएका थिए भने कार्यक्रमको संचालन अधिवक्ता कमलमोहन पोखरेलले गरेका थिए ।

No comments:
Post a Comment