Pages

खरेलको संभावित सरुवाको बिरोध

बीरगंज २ कार्तिक/ पर्साका प्रहरी उपरिक्षक रमेश खरेलको हुने भनिएको संभावित सरुवाको विरोध गर्दै वीरगंजका हलुका यातायात व्यवसायीहरुले आज वीरगंजमा विरोध र्‍यालि निकालेका छन् ।
साना तथा हलुका व्यवसायीहरुले टाटा सुमो सहित निकालेको विरोध र्‍यालि नगर परिक्रमा पश्चात जिल्ला प्रहरी कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । यसै विच पेशागत सन्जाल पापडले उपरिक्षक खरेलको हुन सक्ने सरुवाको विरोधमा गत सोमबार देखि वीरगंजको घण्टाघरमा संकलन गरेको हस्ताक्षर आज जिल्ला प्रहरी कार्यालयमा बुझाउादै छ । पापडको आयोजनामा भएको हस्ताक्षर संकलन कार्यमा १ हजार भन्दा बढीले हस्ताक्षर गरेको बताईएको छ ।

No comments:

Post a Comment