Pages

छठ पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज १२ कार्तिक/ बीरगन्जको घडीअर्वा स्पोटर्स क्लबले छठपूजाको अवसरमा आज  खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बीरगन्ज १३ स्थित घडीअर्वा पोखरी परिसरमा सम्पन्न रक्तदानमा ५० जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, उहााकी श्रीमती रञ्जु खरेल, प्रेम शाह, सुनील कुमार गुप्ता, राकेश राज ढुगााना, मनोहर कुमार शाह, मनोज कुमार शाह, सन्तोष कुमार गुप्ता, सन्दीप पटेल, अजय पाल, अरवीन्द  प्रशाद शाह, बिनोद शाह, सुमीत मिश्र, लालबाबु गुप्ता, राजु शाह, सन्तोष कुमार शाह, घनश्याम प्रशाद शाह, श्र प्रशाद शाह, उमेश कुशुवाहा रहेका छन । त्यस्तै सुशील कुमार गुप्ता, दिपक कुमार शाह, रवीन्द्र सिह, सुनील कुमार शाह, श्यामबाबु कलवार, मनोज शाह कानु, सोनालाल गुप्ता, मनोज कुमार कानु, अरवीन्द गुता, एजाज आलम, अकिात शर्मा, कन्हैया गुप्ता, सन्देश गुप्ता, रत्नेश कुमार गुप्ता, सञ्जय चौधरी, देवनारायण शाह, हिरालाल शाह कानुलगाएतका रहेका छन । रक्तदान कार्यक्रममा रक्तदान गर्नका लागी १ सय जनाको हाराहारीमा मान्छेले फारम भरको भएपनि रगत संकलन गर्ने पोका ५० ओटा मात्र भएकाले करीव ५० जना रक्तदान गर्नबाट वञ्चीत भएका छन । रक्तदान कार्यक्रमको उद्धघाटन गर्दै पहरी उपरीक्षक खरेलले रक्तदान गर्दा स्वास्थ्यलाभका साथै पुण्य पनि प्राप्ती हुने भएकाले रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमको उद्धघाटन सत्रमा छठपुजा व्यवस्थापन समीतीका उपाध्यक्ष हिरालाल शाह कानु, क्लवका सह सचिव प्रभाकर गुप्ता, छठ पुजा व्यवस्थापन समीतीका सदस्य प्रेम शाह कानु, हिन्दु यूवा साघका सल्लाहकार ज्योतीलाल कलवारलगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । छठ पूजाको अवसरमा हरेक वर्ष घडीअर्वा स्पोर्टस क्लबले रक्तदान गर्दै आएको छ ।

No comments:

Post a Comment