Pages

मैथिली रेडियो नाटक सङ्गोर विशेष कार्यक्रम

बीरगंज ५ कार्तिक/ पूर्वी तराईको लोकप्रिय मैथिली रेडियो नाटक श्रृखला “ सङ्गोर ” ले आफनो १०० औ अंक पुरा गरेको अवसरमा आज बीरगंजमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सर्च फोर कमन ग्राउण्डको लगानी र नया सञ्चारको सहयोगमा निर्माण भएको यो रेडियो नाटक विगत दुई बर्षदेखि पूर्वी तराई लगायत काठमाडौ र बीरगंजको विभिन्न एफ.एम.बाट नियमित प्रशारण हुदै आईरहेको छ । नेपाल अधिराज्यभरीबाट करिव २० वटा एफ.एम.बाट निरन्तर प्रशारण हुदै आईरहेको यस नाटकले सामाजिक समावेशी एकतालाई विशेष जोड दिएको छ । कार्यक्रममा सङ्गोर रेडियो नाटकका कलाकारहरुले नाटकको एक झलक प्रहशन गरेका थिए । यतिवेला देशका युवाहरु शान्ति र श्रृजनशिल काममा भन्दा हिन्सात्मक काममा अघि बढिरहेकोले यस रेडियो नाटक मार्फत यसबारेमा सचेत गर्ने काम गर्दै आईरहेको नाटक लेखिका सूश्री अनिता चौधरीले बताईन । नेपालमा बसोबास गर्ने सबै भेषभुषा, भाषाभाषी, धर्मावलम्बी र वर्ग नेपाली हौ । सबैको अस्तित्वलाई स्वीकार गरेर अघि बढन सक्यौ भने मात्रै तीन करोड नेपालीको नेपाल बन्ने कुरामा वक्ताहरुले जोड दिएका छन् । भोजपुरी साहित्यका भिष्मपितामह पण्डित दिपनारायण मिश्रको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलित गरी उदघाटन गरिएको कार्यक्रममा सहभागी सबैले सय वटा दिप बालेका थिए । कार्यक्रममा स्थानीय भोजपुरी गायक तारा सिंहले गीत गाएका थिए भने स्थानीय भोजपुरी कलाकारहरुले नेटुवा नाच समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेस विश्लेषक पत्रकार चन्द्रकिशोर झाले समाजमा सकारात्मक परिवर्तनको लागि सङ्गोर रेडियो नाटकको प्रशारण गरेको बताए । उनले देशको राष्टियता र अखण्डता राजनीतिले होइन सस्कृतिको बिकासबाट हुन्छ झाले बताए । कार्यक्रम संचालक धिरेन्द्र महर्षीले हामी खाली अडेर र लडेर होइन मिलेर अगाडी बढन सक्यौ भने मात्र देश र समाजको बिकास हुन्छ भनेर जोड दिए । सर्च फोर कम ग्राउण्डका संयोजक जीवराज राजकर्णिकारले यसप्रकारको नाटकले समाजलाई एकताको सुत्रमा जोडछ भनेर बताए । कार्यक्रममा स्वागत मन्तब्य पत्रकार महेश दासले दिएका थिए ।

No comments:

Post a Comment