Pages

प्रहरी दिवसको अवसरमा बिभिन्न कार्यक्रम

बीरगंज १ कार्तिक/ सेवा नै धर्म हो भन्ने नाराका साथ ५६ औ नेपाल प्रहरी दिवसको अवसरमा आज बीरगंजमा शान्ति र्‍याली निकालीएको छ ।
सामुदायीक प्रहरी सेवा केन्द्र र सामुदायीक सेवा केन्द्रले संयुक्त रुपमा आयोजना गरेको शान्ति र्‍यालीमा बीरगंज नगरको परिक्रमा गरेको थियो । बीरगंजको घण्टाघरबाट निकालीएको र्‍याली माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुदै अंचल प्रहरी कार्यालय नारायणीमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले कानुनी राज्यको लागि एउटाको मात्र प्रयास सफल हुन नसक्ने भन्दै प्रहरी र नागरिक दुबैको सहभागीता समान रुपमा हुनु पर्ने बताउनु भयो । कार्यक्रममा उतकृष्ट काम गर्ने प्रहरी उपरीक्षक रमेश खरेललाई सम्मानीत गरिएको छ । प्रहरी उपरीक्षक खरेललाई प्रमुख जिल्ला अधिकारी गौतमले दोसल्ला ओढाएर प्रशंसा पत्र सहित सम्मानीत गर्नु भएको छ । त्यस्तै महिला तथा बालबालीका कार्यालयकी तन्नु श्रेष्ठलाई समेत सम्मानीत गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा एवम् सामुदायीक प्रहरी सेवा केन्द्र द्वारा  संयुक्त रुपमा आयोजीत नेपाल प्रहरी एवम् नागरिक बिषयक एक दिने वक्तृत्वकला प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको छ । गत असोज २९ गते भएको प्रतियोगितामा प्रथम भएका बिधासदन माध्यमिक बिधालयका आँचल चौधरी, साउथ जोन माध्यमिक बिधालयका शिक्षा थापा र मनोकामना माध्यमिक बिधालयका मनिष मानन्धरलाई प्रमुख जिल्ला अधिकारी गौतमले पुरस्कार बितरण गर्नु भएको हो । त्यसैगरी कादम्बरी माध्यमिक बिधालयका दिलिप कुश्वाहा, हिमालयन माध्यमिक बिधालयका सोनी यादव र ओसिस माध्यमिक बिधालयका दिपक पटेललाई सान्तवना पुरस्कार पाएको छ । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी, बरिष्ठ प्रहरी उपरीक्षक पंकज श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक रामप्रकाश श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, बिधार्थी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment