बीरगंज ५ कार्तिक/ ओरिएन्टल इभेन्टस नामक संस्थाले बीरगंजमा पहिलोपटक हास्य तथा मनोरंजानात्मक कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।
इभेन्टसले आज बीरगंजको स्थानिय होटल सुरजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । ईभेनटसका ब्यवस्थापक निर्देशक प्रकाश पुडासैनीले आगामी मंसिर ३ गतेका दिन वीरगंजको नारायणी रंगशालामा बलीउड र कलिवुडको चर्चित कलाकारहरुको साथमा हास्य तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने जानकारी दिए । कार्यक्रममा भारतकै चर्चित हास्य कलाकार किगं अफ कमेडी भनेर चिनिने राजु श्रीवास्तव, त्यसैगरी विश्व चर्चित गीत मुन्नी बदनाम हुई र टिंकु जीया की चर्चित गायिका ममता शर्मा, चल छैयां छैयां, परदेशी परदेशी जाना नही कि गायिका सपना अवस्थी, यारो सब दुआ करोका चर्चित गायक तथा म्युजिक डाइरेक्टर रामा शंकर, इन्डियन आइडल टुका बिजेता संदीप आचार्य लगायत २० जना सिने कलाकारहरुले संयुक्तरुपमा आफनो कला प्रदर्शन गर्ने जानकारी आयोजकले दिए । यसैगरी नेपालको चर्चित हास्य टेलिश्रृखंला तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सैका सम्पुर्ण कलाकारहरुको साथमा मनोज गजुरेल, शैलेन्द्र सिंमखडा को सुमधुर प्रस्तुती रहने पत्रकार सम्मेलनमा डाइरेक्टर पुडासैनीले उपस्थित सञ्चारकर्मीलाई जानकारी दिए । गैर सरकारी संस्था इनिसिएटिभ नेपालको अभियान हाम्रो सुन्दर शहर बीरगंजमा आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गर्न लागेको प्रोजेक्ट डाइरेक्टर ज्ञानेन्द्रराज मिश्रले बताए । क्रियटिभ डाइरेक्टर सुज्य यगंले काठमाण्डौ मात्रै नेपाल नभई राजधानी बाहिरपनि यस्ता कार्यक्रम सफल हुन सक्नेमा विश्वस्त छन् । यो कार्यक्रम संचालन गर्नको लागि करिव ९५ लाख रुपैया खर्च हुने र कार्यक्रममा करिव २० हजार भन्दा बढी दर्शक आउने आयोजकको दावी छ ।

No comments:
Post a Comment