Pages

व्यवस्थापन सम्बन्धीक अन्तरक्रिया

बीरगंज २ कार्तिक/ पशुहाट बजार व्यवस्थापन सम्बन्धीक एक दिने अन्तरक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।
पशुपंछी बजार प्रवद्र्धन निर्देशनालय काठमाण्डौले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बधशाला र बधस्थलको उचित प्रबन्ध नभए सम्म मयसु जाच ऐन २०५५ कार्यान्वयन गर्न नसक्ने बताएका छन । पर्सा जिल्लामा पशुहाट बजार नरहेकोमय चिन्ता व्यक्त गर्दै माछामासु व्यवसायिकहरुले यहा पशुहाट बजार लगाउन सरकारी तथा गैर सरकारी सस्था कृयासिल हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी उपमहानगरपालिका र गाविसले संचालन गरेको हाटबजारमा अव्यवस्थित रुपमा पशुपंक्षीको मासु बेचविखन भईरहेको भन्दै सहभागिहरुले मापदण्ड विपरित विक्री वितरण भएको मासु पूर्ण स्वस्थ्यकर नहुने बताए । पशुसेवा कार्यालय पर्साका प्रमुख उदय प्रताप सिंहले मुलुकको ६० प्रतिशत पशुपक्षी मध्यमाञ्चल क्षेत्रबाट कारोवार हुने भएपनि पशु बधशाला नहुदा व्यवसाय र उपभोत्ता विच प्रतिस्पर्धा हुन नसकेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा पंशुपंक्षी बजार प्रबन्धक निर्देशनालयका निर्देशक केशव प्रसाद प्रेमी लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment