बीरगंज १ कार्तिक/ वीरगंज भंसार कार्यालयस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको संचार कक्षमा चलाई राखेको कम्प्युटरको मोनिटर पडकिदा आज एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ भने प्रहरी सहायक निरीक्षक घाइते भएका छन् ।
बर्दिया घर भएका सशस्त्र प्रहरी हवल्दार केदार काफ्लेको मृत्यु भएको छ भने अर्का प्रहरी सहायक निरीक्षक राम लामा घाइते भएका हन् । बिहान करिब १० बजेको समयमा प्रहरी काफ्ले कार्यालयको कार्य प्रयोजनका लागि कम्प्युटर चलाउदै गर्दा अचानक मोनिटर पड्किदा उनको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक रामप्रकाश श्रेष्ठले बताउनु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार अत्यधिक विद्युत प्रवाह भई मोनिटर पडकिएको हुन सकने अनुमान गरिएको छ । घाइते दुबैलाई बीरगंजको भेडियाही स्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएपनि काफ्लेको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसैगरी सोही कोठामा बसेर पत्रिका पढदै गरेका अर्का प्रहरी सहायक निरीक्षक लामा घाइते भएका हुन । घाईते लामाको सो अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । घटन बारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनु भयो । सशस्त्र प्रहरी हवल्दार काफ्लेको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जनाइएको छ ।

No comments:
Post a Comment