बीरगंज २९ असोज/ सेवा नै धर्म हो, नेपाल प्रहरी दिवस अमर रहोस भन्ने नाराका साथ ५६ औ नेपाल प्रहरी दिवसको उपलक्ष्यमा नेपाल प्रहरी एवम् नागरिक बिषयक एक दिने वक्तृत्वकला प्रतियोगिता आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको कार्यक्रमको उदघाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले प्रहरी र नागरिक समान रुपमा मिलेर अगाडी बढनु पर्ने कुरामा जोड दिनु भएको छ । वहाँले कानुनी राज्यको लागि एउटाको मात्र प्रयास सफल हुन नसक्ने भन्दै प्रहरी र नागरिक दुबैको सहभागीता समान रुपमा हुनु पर्ने बताउनु भयो । पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले बिना बर्दीको प्रहरी नागरिक हो भने बर्दीको प्रहरी हामीहरु हौ भन्नु भयो । वहाँले बिना बर्दीको प्रहरी र बर्दीको प्रहरी दुबै मिलेर समाज र राज्यको लागि सही गती दिन सकने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पर्सा एवम् सामुदायीक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा गरिएको सो प्रतियोगीतामा बीरगंजमा रहेको १८ वटा बिधालयका छात्रछात्राहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा बिधासदन माध्यमिक बिधालयका छात्रा आँचल चौधरी प्रथम, साउथ जोन एकेडमी माध्यमिक बिधालयका छात्रा शिक्षा थापा र मनोकामना माध्यमिक बिधालयका छात्र मनिष मानन्धर तृतीय भएका हुन भने सान्तौना हुनेमा कादम्बरी माध्यमिक बिधालयका दिलिप कुश्वाहा, हिमालयन माध्यमिक बिधालयका सोनी यादव र मेरी गोल्ड माध्यमिक बिधालयका कुसुम गुप्ता रहेका छन । सामुदायीक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समितिका सचिव प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायक तर्फ हरि रत्न तुलाधर, उषा शाह र सरद रायमाझी रहनु भएको थियो भने समय सुचक तर्फ जमुना थापा रहनु भएको थियो ।

No comments:
Post a Comment