Pages

खरेलको सरुवा रोक्न हस्ताक्षर

बीरगंज ३० असोज/ पर्सा प्रहरीमा प्रमुख रमेश खरेलको सरुवाको विषयमा आज वीरगंजको घण्टाघर चोकमा हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
बीरगंजको घण्टाघर चोकमा पेशागत सन्जाल पापडले आयोजना गरेको सो हस्ताक्षर अभियानको रुपमा राखिएको सेतो रंगको ब्यानरमा राम्रो व्यक्ति राम्रो काम सबैले देऊ प्रोत्साहन’ जस्ता नारा लेखिएको छ । सो अभियान २ गते बुधबार सम्म चल्ने पेशागत सन्जाल पापडले जनाएको छ । सन्जालमा नेपाल इन्जिनियर्स एशोसिएशन क्षेत्रिय कार्यालय, नेपाल पत्रकार महासंघ पर्सा,नेपाल प्राध्यापक संघ पर्सा, वीरगंज मेडिकल एशोसिएशन,नेपाल शिक्षक युनियन पर्सा र नेपाल बार एशोसिएशन पर्सा आबद्ध रहेका छन् । सामान्यतया एउटा कर्मचारीले सरुवा भएर आएको जिल्लामा नियमसंगत रुपमा कम्तीमा दुई बर्ष बस्न पाउनु पर्नेमा खरेललाई हठात यहाबाट शक्ति केन्द्रहरुको दबाब र चलखेलमा सरुवा यहाको नागरीक समाजले चर्को बिरोध गर्ने वीरगंजमा स्थानियबासिहरुले बताएका छन । विधिको बर्खिलाप गर्ने बानी परेकाहरु आफ्ना अनाधिकृत कामहरुलाई सहज ढगले संचालन गर्न नपाउदा उनीहरुको एउटा मोर्चानै खडा भएको छ र त्यो मोर्चा प्रहरी प्रमुख खरेलको सरुवा गराउन राजनितिक शक्ति केन्द्रतिर धाउन थालेकाले पापडले सो अभियान चलाइएको हो । प्रहरी उपरीक्षक खरेलको सरुवा गरिनु हुदैन भन्ने आम भावनालाई सम्मान गर्दै यो अभियान चलाइएको बताइएको छ । प्रहरी उपरीक्षक खरेल पर्सामा आएपछि यहाबाट राजधानी सम्म हुदै आएको परम्परागत तस्करी बन्द भएको हुनुका साथै अपराधमा व्यापक कमी आएको छ ।

No comments:

Post a Comment