Pages

रिक्साको लापवार्हीका कारण दुर्घटनाबाट जोगीयो

वीरगंज ११ कार्तिक/ ट्राफिक नियम उलङघन गरी वनवेमा प्रवेश गरेको रिक्साको लापरवाहीले गर्दा आज वीरगंजको मेनरोड पानीटंकी चौक अगाडी ठूलो दुर्घटना हुन बाट टरेको छ ।
वेनवेमा प्रवेश गरी घण्टाघरबाट श्रीपुर तर्फ गईरहेको रिक्साले विपरित दिशा तर्फबाट आईरहेको बा ४ च ९२४५ नम्बरको टाटा मोबाईल गाडीलाई देख्ने वितिकै दुघर्टना हुने डरले रिक्सा चालकले अचानक बाटो क्रस गर्दा मावनीय क्षति नभएपनि सवारीसाधनमा भने क्षति पुगेको छ । टाटा मोवाईलले अचानक ब्ेरक लगाउदा, पछाडी रहेको बा ८ च २१२३ नम्बरको जिप, टाटा मोबाइलसंग ठोकिदा जिपको अगाडीको भाग पुर्ण रुपले क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त गाडी, रिक्सा र रिक्सा चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

No comments:

Post a Comment