Pages

मजदुरलाई काममा फर्कन डाबरको आग्रह

बीरगंज ४ कार्तिक/ विगत ३ दिन देखि ठप्प बीरगंज–पथलैया औद्योगीक करीडर अन्र्तगत बाराको रामपुर टोकनीमा रहेको डाबर नेपाल प्रालीले काममा फर्कन मजदुरहरुलाई आग्रह गरेको छ ।
डावर नेपाल प्रालिले आज उद्योगको मुल गेटमा मजदुरहरु काममा नफर्किए नो ओर्क नो पे को निति लागु गरीने सुचना जारी गरेको छ । विगत ३ दिन दिन देखि उद्योगको काम काज ठप्प हुादा ३ करोड भन्दा बढी नोक्सान बेहोर्नु परेको भन्दै उद्योगका मानव सासाधन अधिकृत नवीन श्रेष्ठले यस्तो सुचना जारी गर्नु परेको बताउनु भयो । उद्योगमा मृत्यू भएका मजदुर जयराम महतोको परीवारलाई स्थायी रोजगारी र क्षतीपुर्तीको माग गर्दै स्थानीयवासीले उद्योगको मुल गेटमा धर्ना दिदै उद्योग बन्द गराए पछि मजदुरहरु काममा जान सकेका थिएनन् । स्थानीयवासीको अवरोधका कारण आफुाहरु असुरक्षित भई उद्योगको मुलगेटबाटै फर्केर आउनु परेको नेपाल स्वतन्त्र केमिकल्स तथा आईरन मजदुर यूनीयन डाबर नेपालका अध्यक्ष राजकुमार रामले गुनासो गर्नुभयो । यस अघि समस्या समाधानका विषयमा मृतकका आफन्त र उद्योग व्यवस्थापन विच हिजो भएको बार्ता निष्कर्ष विहिन भएको थियो । गत असोज १४ गते उद्योगका मजदुर जयराम महतो उद्योग हाताभित्रै झुन्डिएको अवस्था मृत फेला परेका थिए ।

No comments:

Post a Comment